सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। बुधबार तोलामा नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला तीन हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।