विनिमय दर: डलर १५२ र युरो १७० रुपैयाँ पार

विनिमय दर: डलर १५२ र युरो १७० रुपैयाँ पार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४० पैसा निर्धारण हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यसैगरी, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।