सामान्य अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

सामान्य अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

काठमाडौँ ।सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

असोज ३० गते (शुक्रबार) ४ अर्ब ८८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब रूपैयाँको कारोबार भएको छ। यसदिन ३४१ वटा धितोपत्रको एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच भएको हो। सोमबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०५ रूपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको मूल्य ५.८१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६४ रूपैयाँ कायम भएको छ। यसदिन चिरख्वा हाइड्रोपावरको मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५३५ रूपैयाँ पुगेको छ।

यसैगरी, महिला लघुवित्तको मूल्य ७.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९९९ रूपैयाँ २० पैसामा सीमित भएको छ। सोमबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २१५ रूपैयाँ ९० पैसामा २३ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६९६ रूपैयाँ ४० पैसामा २० करोड ५८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ। 

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले बढेको छ।