काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ। मंगलबार तोलामा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबार पनि सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको थियो। मंगलबार सुनको भाउ तोलाको २ लाख ८२ हजार ३ सय थियो।
यसअघि गएको आइतबार सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। हिजो तोलामा २५ रुपैयाँ घटेर ३ हजार ९ सय ७० रुपैयाँमा झरेको चाँदीको भाउ आज १० रुपैयाँ बढेर ३ हजार ९ सय ८० रुपैयाँ पुगेको हो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।