चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं। पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी नेपाल फर्किएकी छन् । चीन भ्रमण सकेर उनी नेपाल फर्किएकी हुन् । 

उनी कार्तिक ५ गते चीन उडेकी थिइन् । नेपाल फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भण्डारीले भनिन्, ‘नेपाल यस्तो विश्व व्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउन् । ‘

उनी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर नेपाल आएकी हुन । 

भण्डारी एमालेको सक्रिय राजनीतिमा आएपछि पहिलो विदेश भ्रमणमा निस्किएकी हुन् । नेकपा एमालेमा अहिले विद्यादेवी भण्डारी अध्यक्ष ओलीपछिको दोस्रो वरियतामा छिन् ।