प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपीएल तेस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपीएल तेस्रो संस्करणको उद्घाटन

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले एक विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री शाहको उपस्थिति रहने भएपछि उद्घाटन खेलका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सुरक्षा प्रबन्धअन्तर्गत १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरी एक सयभन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ।

उद्घाटन समारोह सम्पन्न भएलगत्तै आज साँझ ५:०० बजे हुने पहिलो खेलमा गत सिजनका फाइनलिस्टद्वय लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यस खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। प्रतियोगिताको पहिलो दिनबाटै विश्वचर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति र डिफेन्डिङ च्याम्पियन तथा उपविजेताबीचको प्रतिस्पर्धाले क्रिकेटप्रेमीहरूमा ठूलो उत्साह छाएको छ।