काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।
श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान राष्ट्रिय टिमले फिर्ता बोलाएको हो। पाकिस्तान र श्रीलङ्का बीचको एकदिवसीय खेल अक्टोबर ३१ मा सकिएपछि उनी पुनः एनपीएल खेल्न आउने सम्भावना छ।
पाकिस्तान क्रिकेट बोर्डले नो अब्जेक्सन लेटर (एनओसी) को विषयमा पुन टिमसँग रकम माग गरेको कर्णाली याक्सले जानकारी दिएको छ। एनओसी लिएर नै नेपाल आएका थिए तर ,उनी नेपाल आइसकेपछि पुनः पाकिस्तान क्रिकेट बोर्डले थप पैसा माग गरेको हो।
कर्णाली स्रोतका अनुसार उनी एनपीएलमा पुन: फर्किने नफर्किने भन्ने निश्चित भइसकेको छैन । कर्णाली याक्सले पाकिस्तानका अर्का खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ। उनले भने लिगमा खेल्ने नखेल्ने हालसम्म निश्चित भइसकेको छैन।