नवनिर्वाचित सभापति गगन थापाको सानेपामा भव्य स्वागत

नवनिर्वाचित सभापति गगन थापाको सानेपामा भव्य स्वागत

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। 

सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपा पुगेका थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका थिए। 

त्यस क्रममा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। आफूले प्राप्त गरेको नेतृत्व र जिम्मेवारीलाई केवल अधिकारका रूपमा नभई उच्च जबाफदेहीताका रूपमा लिएको उनले स्पष्ट पारे। 

छुटाउनुभयो कि ?