लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालन

लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालन

काठमाडौँ । गए रातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको थियो। 

डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए। वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?