मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन् ।

लामिछानेले बुधबार सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको बताएका छन् ।

‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच दीर्घकालीन सम्बन्ध रहेको बताएका छन् ।

 

छुटाउनुभयो कि ?