किशोर सिंह राठौरले फिर्ता लिए सभापतिको उम्मेदवारी

किशोर सिंह राठौरले फिर्ता लिए सभापतिको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। 

उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन्। सञ्चारकर्मीसँग राष्ट्रिय सभागृहमा बोल्दै राठौरले भने, ‘विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’

यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए। उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने बताएका छन्। 

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।

छुटाउनुभयो कि ?