काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री पदमा उदय शमशेर राणाले मनोनयन दर्ता गराएका छन्। राणाले केहीबेरअघि मनोनयन दर्ता गराएका हुन्। विशेष महाधिवेशनबाट राणा सह-महामन्त्री बनेका थिए।
काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। मनोनयन दर्ताको समय बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।