काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने तयारी गरिएको छ । कांग्रेस नेता जीवन परियारले पदाधिकारीको संख्या बढाउने विषयमा छलफल चलिरहेको जानकारी दिए ।
पदाधिकारी संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने विषयमा छलफल रहे पनि पारित हुन बाँकी रहेको उनले बताए । "पदाधिकारी बढाउने विषयमा छलफल चलिरहेको छ । बन्दसत्रले पारित गरेपछि मात्र कार्यान्वयनमा आउँछ । फाइनल भएको छैन," नेता परियारले बाह्रखरीसँग भने ।
परियारका अनुसार, तीनजना उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी राख्ने विषयमा छलफल भइरहेको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेपछि मात्र पदाधिकारी बढाउने निर्णय कार्यान्वयनमा आउनेछ ।