देउवा समूहले निर्वाचन आयोगलाई बुझायो १५ औँ महाधिवेशनको कार्यतालिका

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो १५ औँ महाधिवेशनको कार्यतालिका

काठमाडौँ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ । देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले  जानकारी दिए । 

आयोगले पसिन देउवा समूहको महाधिवेशनको कार्यतलिकाबारे पत्र मंगलबार पत्र प्राप्त भएको जानकारी दिएको छ । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख छ । 

‘हामीले अधिवेशन गर्दै छौँ भनेर पत्र निर्वाचन आयोगमा दर्ता गरेका छौँ,’ नेता साउदले रातोपाटीसँग भने, ‘पत्रमा महाधिवेशनको तिथिमिति सहितका विवरण खुलाएका छौँ ।’  देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ । 

त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ । कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अगाडि बढाइएको छ । संस्थापनले यसअघि असोज १८ गतेदेखि १५ औँ महाधिवेशन गर्दैछ । त्यस विरुद्ध देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो । कांग्रेसमा आधिकारिकताका विषयमा विवाद छ ।

छुटाउनुभयो कि ?