सेयर बजारमा १६ अंकको गिरावट,कारोबार रकम ५ अर्बमा सीमित

सेयर बजारमा १६ अंकको गिरावट,कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा अडिएको छ।

यसदिन ३५७ वटा स्क्रिप्सको  १ करोड ३१ लाख ७८ हजार  १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख  ८५ हजार  ४१४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५० वटा स्टक्सको मूल्य बढ्दा २२३ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

सेयर बजार नकारात्मक बन्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १० प्रतिशत केबीएल डिवेन्चर २०९० को सेयर सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो।७ प्रतिशत लक्ष्मी सनराइज डिवेन्चर २०९२ को सेयर १० प्रतिशतले बढ्दा ६.२५ प्रतिशत प्राइम बैंक डिवेन्चर २०९३ को ८.८३ प्रतिशतले बढ्यो। यसदिन हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर १०.५८ प्रतिशतले घट्यो। 

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३५ करोड ८२ लाख १६ हजार ४९५ रुपैयाँको सेयर कारोबार गर्यो। शिवम् सिमेन्टले २९ करोडको कारोबार गर्दा हाथवे इन्भेस्टमेन्ट नेपालले १९ करोड,सिद्धार्थ बैंकले १२ करोड र एसवाई प्यान नेपालले ११ करोडको कारोबार गरे।

ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। ट्रेडिङ समूहको उपसूचक ०.२३ प्रतिशतले बढ्यो।

छुटाउनुभयो कि ?