देउवा पक्षको महाधिवेशनमा कुन पदमा उठ्न कति लाग्छ शुल्क?

देउवा पक्षको महाधिवेशनमा कुन पदमा उठ्न कति लाग्छ शुल्क?

काठमाडाैँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष पनि १५ औं महाधिवेशनमा होमिँदैछ।

पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर उनीमार्फत् ७७ जिल्लामा संयोजक तोकेर अहाधिवेशन प्रक्रिया अघि बढाइएको हो।

असोज १५ गते वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा पक्ष छ। अधिवेशनका लागि निर्वाचन निर्देशिकासमेत बनाइएको छ, जसमा विभिन्न पदमा उम्मेदवारी दिनुअघि शुल्कको व्यवस्था छ।

महाधिवेशनमा कुन पदमा उठ्न कति लाग्छ शुल्क ?

गाउँपालिका/नगरपालिका वडा कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. २५०

उपसभापति, सचिव र सहसचिव पदको लागि: रु. १५०

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनको लागि: रु. २५०

सदस्यको पदको निर्वाचनको लागि: रु. ५०

गाउँपालिका कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. १,०००

उपसभापति, सचिव र सहसचिव पदको लागि: रु. ५००

सदस्यको पदको निर्वाचनको लागि: रु. २५०

नगरपालिका कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. २,०००

उपसभापति र सचिवको लागि: रु. १,५००

सहसचिव पदको निर्वाचनको लागि: रु. १,०००

सदस्यको पदको निर्वाचनको लागि: रु. ५००

महानगरपालिका/उपमहानगरपालिका कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. २५००

उपसभापति र सचिवको लागि: रु. १,५००

सहसचिव पदको निर्वाचनको लागि: रु. १०००

सदस्यको पदको निर्वाचनको लागि: रु. १०००

प्रदेश सभा क्षेत्रीय कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. २,५००

उपसभापति र सचिव पदको निर्वाचनको लागि: रु. १,५००

सहसचिव पदको निर्वाचनको लागि: रु. १०००

सदस्यको पदको निर्वाचनको लागि: रु. १०००

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. ३,५००

उपसभापति र सचिव पदको निर्वाचनको लागि: रु. २,५००

सहसचिव पदको निर्वाचनको लागि: रु. २,०००

सदस्यको पदको निर्वाचनको लागि: रु. १,०००

जिल्ला कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. ५,०००

उपसभापति र सचिव पदको निर्वाचनको लागि: रु. ३,५००

सहसचिव पदको निर्वाचनको लागि: रु. ३,०००

सदस्यको पदको निर्वाचनको लागि: रु. १,५००

प्रदेश कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. १०,०००

उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको लागि: रु. ६,०००

सदस्यको पदको निर्वाचनको लागि: रु. ३,०००

केन्द्रीय कार्यसमिति

सभापति पदको निर्वाचनको लागि: रु. ३०,०००

केन्द्रीय उपसभापति र महामन्त्री पदको निर्वाचनको लागि: रु. २५,०००

सहमहामन्त्री पदको निर्वाचनका लागि: रु. २०,०००

केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचनका लागि: रु. १०,०००

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनको लागि: रु. ५००

प्रदेश महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि: रु. १,०००

केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि: रु. २,५००

केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनको लागि: रु. ३,०००।

छुटाउनुभयो कि ?