साग : उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

साग : उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्ने बताएका छन् ।
त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समयमा पुराना तथा अवस्था ठीक नभएका गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध समेतजारी गरेको छ ।