भीषण वर्षाको पूर्वानुमानबारे सदनमा प्रश्न- जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ ?

भीषण वर्षाको पूर्वानुमानबारे सदनमा प्रश्न- जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ ?

काठमाडौँ । नेकपाकी सांसद बलावती शर्माले जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ भनि सरकारलाई प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा यही असोज ८ देखि १२ गतेसम्म भीषण वर्षा हुने पूर्वअनुमानबारे उनले सरकारको पूर्वतयारी सोधेकी हुन् ।

“जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ ? जनताले फेरि पनि भोटेकोसीको नियति भोग्न नपरोस्,” उनले भनिन् । उनले दैनिक उपभोग्य बस्तुको महँगी नियन्त्रण नगरेकोमा सरकारप्रति आपत्ति जनाइन् । महँगीबारे प्रश्न गर्दा ३५ वर्ष के गर्‍यौ भनि प्रश्न आउने गरेको बताइन् ।

उनले तरकारी किन्न जाँदा रायोको साग प्रतिकेजी २७०, चिनी १७०, आलुप्याज, तेललगताय सामग्रीको मूल्य दिनप्रतिदिन बढेको बताइन् ।

छुटाउनुभयो कि ?