एमाले केन्द्रीय कमिटी बैठकमा कडाइ, ओलीको राजनीतिक प्रतिवेदनमा छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठकमा कडाइ, ओलीको राजनीतिक प्रतिवेदनमा छलफल जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ। बैठको पहिलो दिन सोमबार अध्यक्ष केपी शर्मा ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

आज दोस्रो दिन मंगलबार त्यस प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्न सुरु गरेका छन्। अध्यक्ष ओलीको निर्देशनबमोजिम बैठकमा कडाइ गरिएको छ। मोबाइल निषेध गरिएको छ भने बैठकबाट बाहिर जानुपर्दा अध्यक्षको अनुमति लिनुपर्नेछ।

बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्नेछ। यो खबर बनाउँदासम्म केन्द्रीय सदस्यद्वय ठाकुर गैरे र कर्ण थापाले प्रतिवेदनमा धारणा राखिसकेका छन्।

छुटाउनुभयो कि ?