त्रिपुरेश्वरमा बसभित्रै आगो बालेका चालकको उपचारका क्रममा निधन

त्रिपुरेश्वरमा बसभित्रै आगो बालेका चालकको उपचारका क्रममा निधन

काठमाडाैं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे घर भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरी स्रोतले पुष्टि गरेको छ।

अस्पतालका अनुसार आगलागीबाट चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। यात्रुहरू ओर्लिसकेपछि चालक लामा आफैँले बसभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। आगो लगाउनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियाे।

 

छुटाउनुभयो कि ?