एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकजनालाई बोल्न तीन मिनेट समय पाउने भएका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।

बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिने पनि उनले बताए । निर्धातिर समयमा बोल्न नभ्याएका कुरा लिखित रूपमा दिन सकिने बताए। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ ।

अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न निर्देशन दिए । भोलिदेखि बैठक स्थलमा मोबाइल नल्याउन उनको निर्देशन छ । कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने उनले बताएका छन् ।

बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने छ ।

छुटाउनुभयो कि ?