काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ । सोमबार (असोज ५) मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो ।
ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । आगलागीको कारण भने खुलिसकेको छैन ।
गाडीमा लागेको आगोले आसपासका बिजुलीका तारलाई पनि भेटेको छ ।