दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

काठमाडौँ उपत्यका कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन दुई वटा दमकल घटनास्थल पुगेका छन् ।

बारमा कोही नभएकाले मालिकलाई बोलाउने प्रयास भइरहेको र क्षतिको विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । २२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।