काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ ले तेस्रो दिन आइतबार पनि हलहरूमा दर्शकको उत्साहजनक साथ पाएको छ।
आइतबार राजधानीका विभिन्न सिनेमा हलहरूमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। हलहरूमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह र क्रेज प्रष्ट देखिन्थ्यो।
पहिलो दिनदेखि नै दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) पाउँदै आएको चलचित्रले तेस्रो दिन पनि दर्शकलाई हलसम्म आकर्षित गर्न सफल भएको छ। फिल्म हेरेर निस्किएका दर्शकहरूले यसको कथावस्तु, कलाकारहरूको जीवन्त अभिनय तथा उत्कृष्ट प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन्।