जनकपुरमा आगलागी, एकजनाको मृत्यु

जनकपुरमा आगलागी, एकजनाको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकस्थित एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

आगोले जलेर महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । घरायसी सामानसहित तीन लाख रुपैयाँबराबरको क्षति भएको छ । शनिबार (असोज ३) राति आगलागी भएको हो ।

विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

छुटाउनुभयो कि ?