जल तथा मौसम विज्ञान विभाग अब ऊर्जा मन्त्रालय मातहत, कार्यविभाजन नियमावली संशोधन

जल तथा मौसम विज्ञान विभाग अब ऊर्जा मन्त्रालय मातहत, कार्यविभाजन नियमावली संशोधन

काठमाडौं।  सरकारले जल तथा मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ संशोधन गर्दै विभागको संरचनागत जिम्मेवारी हेरफेर गरेको हो।

यसअघि उक्त विभाग कृषि, वन तथा वातावरण मन्त्रालय मातहत रहँदै आएको थियो। सरकारको नयाँ निर्णयसँगै देशको जल तथा मौसम पूर्वानुमान, जलवायु अध्ययन, जलस्रोतको मापन तथा विपद् पूर्वसूचना प्रणालीसम्बन्धी सम्पूर्ण कार्यहरू अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रत्यक्ष रेखदेख र समन्वयमा सञ्चालन हुनेछन्।

जलस्रोतको उपयोग, जलविद्युत् विकास र सिँचाइ प्रणालीसँग जल तथा मौसमसम्बन्धी तथ्याङ्कको प्रत्यक्ष सम्बन्ध रहने भएकाले कार्यसम्पादनमा प्रभावकारिता र समन्वय ल्याउन सरकारले नियमावली परिमार्जन गरी विभागलाई ऊर्जा मन्त्रालय मातहत ल्याएको जनाइएको छ।

छुटाउनुभयो कि ?