काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टीले १५ औं महाधिवेशनमा सहभागी हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि बस्न लागेको यो पहिलो बैठक हो ।
बैठकमा यसअघि संस्थापन इतर पक्षमा रहेका नेताहरू समेत सहभागी हुन गइरहेका छन् । यसअघि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले सभापति गगन थापासँग सहमति गरेरै बैठकमा सहभागी हुन गइरहेका छन् ।
यस्तै, केही डा. शेखर कोइरालानिकट रहेका नेताहरू पनि सहभागी हुँदैछन् । यसैक्रममा हालसम्म देउवा समूहमा रहेका नेताहरूमा महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार, गणेश लामा सानेपा पुगेका छन् ।
यस्तै, डा. शेखरको समूहमा रहेकी किरण यादव पनि सानेपा पुगेकी छन् ।