प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाने विषयमा परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाने विषयमा परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने विषयमा संसदीय समितिमा जानकारी गराएका छन्। 

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको १९औँ  बैठकमा खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आफूसमेत संयुक्त राष्ट्रसंघको महासभामा जान लागेको जानकारी दिएका हुन्। नेपाली प्रतिनिधिमण्डल अर्को साता महासभामा सहभागी हुन् संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेनले महासभामा सम्बोधन गर्ने तयारी छ। 

परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषय उठाइने जानकारी दिए। ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ। नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्नेछ।’

प्रधानमन्त्री शाह यही असोज ६ गते अमेरिका जाने तयारी छ। असोज ८ गते महासभालाई सम्बोधन गरेर उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।

छुटाउनुभयो कि ?