‘आचार्य’को रोमान्टिक गीत सार्वजनिक

‘आचार्य’को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । 

गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई गीतमा रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

युग भुसालको शब्द संगीत रहेको गीतमा गौराङ्गा शेखर शर्माको र ज्योत्स्ना जौडाको स्वर छ । ‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय छ ।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरिरहेको फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै छ।

फिल्म आगामी असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ ।