हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

काठमाडौँ। प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसरमा प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पुगी पूजाअर्चना गरेकी छन्।

सोमबार पशुपतिनाथ मन्दिर पुगेकी प्रथम महिला पौडेलले मूल मन्दिरमा भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गर्नुका साथै मूल पुजारीबाट टीका एवं फूलप्रसाद ग्रहण गरेकी हुन्।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा व्रतालु महिला तथा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ।