काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व संयोजक हुन्।
काठमाडौँको अधिवेशन सम्पन्न भएसँगै हालसम्म राप्रपाका ५४ जिल्लामा अधिवेशन सकिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।