१३ औं (साग) खेलकुद : पुराना गाडी नचलाउन ट्राफिकको अनुरोध

१३ औं (साग) खेलकुद :  पुराना गाडी नचलाउन ट्राफिकको अनुरोध

काठमाडौं : काठमाण्डौमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध जारी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकभर प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
मंसिर १४ गते उद्घाटन र मंसिर २४ गते समापनको दिन सम्म कम भन्दा कम सवारी साधन चलाउन अनुरोध गरेको छ । ट्राफिक प्रहरीले १५ गते विजोर र २४ गते जोर नम्बरप्लेटका सवारी साधनमात्र चलाउन अनुरोध गरेको छ । साथै सवारी मार्गमा पुराना र अवस्था ठीक नभएको सवारी साधन नचलाउन, खेल हेर्न आउनेहरुले टुँडिखेलमा गाडी पार्किङ गर्न र हर्नलाई पूर्ण रुपमा निषेध गर्न पनि अनुरोध गरेको छ ।