ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छः आशिका तामाङ

ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छः आशिका तामाङ

काठमाडौँ । रास्वपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारभन्दा ठूलो बिचौलिया हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ। यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?’ पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो ? भन्दै प्रश्न गरिन्।

उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो। होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।’