तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री

तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। बाढीपछि सिर्जित परिस्थिति, खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिनको लागि प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रधानसेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम तय भएको छ।

छुटाउनुभयो कि ?