काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए।
बुर्लाकोटीका अनुसार सम्बोधनका लागि सभापति लामिछानेले सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्। सभापति लामिछानेले भोटेकोशी बाढी, जेन्जी आन्दोलन र समसामयिक विषयमा बोल्ने तयारी गरेको स्रोतको भनाई छ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।
बाढीले ठूलो धन र जनको क्षति गरेको छ। हालसम्म १३५८ जनाको शव फेला पर्नुका साथै ५ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्। सरकारले आफ्नो तर्फबाट उद्धारमा सक्रिय बनिरहेको छ। यद्यपी प्रधानमन्त्री बालेन्द्र शाह दलसँग संवाद नगरिरहेको समयमा लामिछाने विभिन्न राजनीतिक दलसँग एकल र सामुहिकरुपमा भेटेर समन्वय र संवाद गर्दै अगाडि बढिरहेका छन्।