प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा सहयोग रकम जम्मा गरेका छन् । दुई कम्पनीले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक बिमलकुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालक अधिकृत नवीनप्रकाश अधिकारी तथा कम्पनीसचिव कमलकुमार भारतीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्रफत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको हो ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । यस राष्ट्रिय विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा उक्त सहयोग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने यस रकमले बाढी प्रभावित परिवारहरूको तत्कालीन राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

छुटाउनुभयो कि ?