काठमाडौँ । सेयरबजार आज १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ।
यस दिन ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार यो कारोबारमा १९५ वटा सेयरको मूल्य बढ्दा ७९ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।
सोमबार प्योर इनर्जीको सेयर १५ प्रतिशतले बढेको छ भने बाँकी सेयरहरु ७.३५ प्रतिशतसम्म बढेका छन्। यता इमर्जी नेपाल लिमिटेड र सिन्धु विकास बैंकको १५ प्रतिशतले घटेको छ। यसबाहेक जानकी फाइनान्स १४.९९ प्रतिशत, अपर लोहोरे खोला हाइड्रो १३.३३ प्रतिशतले मूल्य घटेको छ।
यस दिन रिलायन्स स्पिनिङ मिल्सको २५ करोडको अधिकतम कारोबार भएको छ।