सेयर बजारमा ७.३८ अंकको गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

सेयर बजारमा ७.३८ अंकको गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक नकारात्मक बनेर बन्द भएको छ। नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा अडिएको छ।

अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब ८७ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३५२ वटा स्क्रिप्सको १ करोड ६ लाख २ हजार  ४६८ कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख  ६३ हजार  ४७० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ८९ वटा स्टक्सको मूल्य बढ्दा १८१ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य स्थिर रह्यो। डोल्टी पावरको सेयर सर्वाधिक ५.१४ प्रतिशतले बढ्दा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ४.२६,मनकामना इन्जिनिरिङ हाइड्रोपावरको ३.४३ प्रतिशतले बढ्यो। २० करोड सेयर कारोबार गरी ग्लोबल आइएमई बैंक शीर्षस्थानमा रह्यो।

लक्ष्मी सनराइज बैंकले १४ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्सले ११ करोड ,स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्क्सन र एनआइसी एसिया बैंकले १० /१० करोडको कारोबार गरे। दुई समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र म्युचुअल फण्डको सेयर बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।