कांग्रेसभित्रको विवाद समाधान र बाढीपीडितको राहतमा केन्द्रित हुदै थापा-कोइराला वार्ता

कांग्रेसभित्रको विवाद समाधान र बाढीपीडितको राहतमा केन्द्रित हुदै थापा-कोइराला वार्ता

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा समसामयिक राजनीतिक विषयमा गहन भेटवार्ता भएको छ।

डा कोइरालाको सचिवालयका अनुसार भेटका क्रममा देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा दुवै नेता सहमत भएका छन्।

यस क्रममा नेता कोइरालाले पार्टी एकताका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे भने जवाफमा सभापति थापाले आफू पनि पार्टीलाई पूर्ण रूपमा एकीकृत बनाएर लैजान प्रतिबद्ध रहेको बताए।

भेटमा राजनीतिक विषयका साथै यही भदौ १० गते नेपाल-चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पुगेको क्षतिबारे पनि विस्तृत छलफल भएको छ।

दुवै नेताहरूले बाढीपीडितको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका कार्यकर्तालाई मैदानमा परिचालन गर्ने र सरकारलाई प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

छुटाउनुभयो कि ?