२ वर्षअघि प्रदर्शन भएको फिल्म ‘फर्की फर्की’ बक्सअफिसमा सफल थियो। अब सोही फिल्मको सिक्वेल बन्ने भएको छ। जुन फिल्मको मुख्य भूमिकामा अनमोलनै दोहोरिनेछन्।
फिल्मको नाम भने ‘फर्की फर्की: बियोन्ड टाइम’ राखिएको छ। मुख्य भूमिकाका लागि अनमोल र निर्माता रोहित अधिकारीबीच कागती सम्झौता भइसकेको छ।
अनमोलले निर्वाह गरेको म्याडीको चरित्रले नै यस फिल्ममा निरन्तरता पाउनेछ। फिल्मको निर्देशन भने अघिल्लो श्रृंखलाकै निर्देशक सुयोग गुरूङले गर्नेछन्। अभिनेत्रीको भने टुंगो लागेको छैन।
फिल्मको छायांकन भने आगामी वर्षको दसैँपछि मात्रै सुरु गर्ने निर्माण टिमको योजना छ। रोहित अधिकारी फिल्मस्बाट बन्ने सिक्वेलमा निर्मातामा शोभा ढकाल, कार्यकारी निर्माता सुरज बम ठकुरी रहनेछन्।
२०८४ सालमा छायांकनमा जाने तयारीमा रहेको छ।