काठमाडौँ । काठमाडौँबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।
आवतजावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।
स्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ । ठूलो पहिरो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन् ।