सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी

सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी

काठमाडौँ । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ । आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

‘गतराति आगलागी भएको थाहा भएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीहरू समेत आएर दमकल बोलाई आगो निभाउने काम गर्नुभयो,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘काम नलाग्ने प्रकृतिका कागजात र कानून पत्रिकाका कपीहरू राखेको ठाँउमा आगजानी भएको हो ।’

नयाँ बनेको भवनको अभिलेख शाखामा बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने कर्मचारीहरूको अनुमान छ । आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको प्रवक्ता कोइरालाले बताए । उनका अनुसार, आगोले अभिलेख शाखा रहेको कोठाबाट अन्यत्र असर गरेको छैन ।

छुटाउनुभयो कि ?