काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।”
सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । “मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” प्रधानमन्त्री शाहले भने ।