शिक्षा नियमावली एघारौं संशोधनको प्रस्ताव सहमतिका लागि कानुन मन्त्रालयमा पठाइँदै

शिक्षा नियमावली एघारौं संशोधनको प्रस्ताव सहमतिका लागि कानुन मन्त्रालयमा पठाइँदै

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले ‘शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

यसअघि अर्थ मन्त्रालयमा पठाइएको उक्त संशोधन प्रस्ताव त्यहाँबाट सहमति प्राप्त भएसँगै शुक्रबार कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो।

शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका विभिन्न गुनासोहरूलाई सम्बोधन गर्ने मुख्य उद्देश्यका साथ मन्त्रालयले यस संशोधन प्रक्रियालाई अगाडि बढाएको छ।