राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरेका छन् ।

मंगलबार (भदौ १६) बसेको राष्ट्रियसभा बैठकमा उनले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीलाई जलवायुसहित मानवले गरेको गलत छेडखानीद्वारा निर्मित दुष्चक्रको प्रारम्भिक संकेतका रूपमा बुझ्न सकिने बताए । “भाद्र १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,” उनले भने, “बाढीले ज्यान गुमाएकाप्रति शोक प्रकट गर्दछु ।”

उनले नेपालको कमजोर सूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिए । “जे नहुनुपर्ने थियो, त्यो भइसक्यो । अब खोजी, राहत, उद्धार, पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,” उनले भने । प्रचारभन्दा परिणामुखी काममा ध्यान दिन सरकारलाई उनले आग्रह गरे ।