आजको दिन कुन राशिका लागि कति शुभ? पढ्नुहोस् १२ राशिको राशिफल

आजको दिन कुन राशिका लागि कति शुभ? पढ्नुहोस् १२ राशिको राशिफल

मेष दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यद्यपि, परिवारमा भने केही खटपटी बढ्न सक्ने भएकाले संयम अपनाउनुहोला।

वृष आजको दिन शुभ रहनेछ। परिवारमा मेलमिलाप र आपसी सद्भाव कायम हुनेछ। घुमघामको योग हुनुका साथै रोकिइरहेको वा डुब्न लागेको सम्पत्ति उठ्न सक्छ। दाजुभाइबाट पूर्ण साथ र सहयोग मिल्नेछ। तर, आफ्नो स्वास्थ्यमा भने विशेष ध्यान दिनु आवश्यक छ।

मिथुन दिन सामान्य रहनेछ। आज बोलीको प्रभावका कारण व्यवहारमा समस्या आउन सक्ने भएकाले बोल्दा सोचविचार गर्नुहोला। व्यापार-व्यवसायमा केही घाटा हुन सक्छ। शिक्षा क्षेत्रमा थप मिहिनेतको आवश्यकता छ। परिवारको भने पूर्ण साथ र सहयोग रहनेछ।

कर्कट दिन अनुकूल छ। सोचेका कामहरू सार्थक बन्दै जानेछन्। शिक्षामा प्रगति हुनुका साथै स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। पश्चिम दिशाको लामो यात्रा नगर्नु नै राम्रो हुनेछ। प्रेम सम्बन्ध झन् सुमधुर बन्नेछ।

सिंह दिन सामान्य छ। अनावश्यक यात्रामा समय र पैसा दुवै खर्च हुन सक्छ। काममा केही अवरोध सिर्जना हुनेछ, तर परिवारको साथले मनमा सन्तोष मिल्नेछ। कुनै पनि नयाँ काम गर्दा विज्ञको सल्लाह लिएर मात्र अघि बढ्नुहोला।

कन्या आजको दिन फलदायी रहनेछ। कृषि क्षेत्रको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। साथीभाइको सहयोग प्राप्त हुनुका साथै राजनीतिक पहुँच विस्तार हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ र सामाजिक सेवाका अवसरहरू मिल्नेछन्।

तुला धनलक्ष्मी योग परेकाले आजको दिन निकै राम्रो छ। प्राप्त सम्पत्तिको सही सदुपयोग गर्नुहोला। बौद्धिक व्यक्तित्वहरूसँगको भेटले मनमा शान्ति मिल्नेछ। अध्ययनमा थप मिहिनेत गर्नुपर्नेछ। समाजसेवामा बढी व्यस्त हुँदा घरव्यवहारमा केही समस्या आउन सक्छ।

वृश्चिक दिन सकारात्मक छ। साथीहरूसँगको भेटघाटले रोकिएका महत्त्वपूर्ण कामहरू बन्नेछन्। शिक्षामा उन्नति हुनेछ भने उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा सुधार आउनेछ। कुनै पनि काम गर्दा भने सचेत भएर अघि बढ्नुहोला।

धनु आजको दिन उत्तम छ। स्वास्थ्यमा राम्रो सुधार देखिनेछ। राजनीतिमा प्रगति हुनुका साथै विपक्षीको सहयोगमा समेत महत्त्वपूर्ण काम पूरा हुनेछन्। परिवारको सहयोग पाइनेछ भने प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।

मकर दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना छ। परिवारको सल्लाहबिना ठूलो आर्थिक कारोबार नगर्नुहोला। राजनीतिक र सामाजिक क्षेत्रमा वर्चस्व बढे पनि आर्थिक मामिलामा भने निकै सचेत रहनुपर्नेछ।

कुम्भ आजको दिन मध्यम छ। सोचेका काममा सोचेजस्तो सफलता नमिल्दा मन केही अशान्त हुन सक्छ। यद्यपि शिक्षा क्षेत्रमा प्रगति हुनेछ। गुरुजनको मार्गदर्शनले राम्रो लाभ मिल्नेछ। आज धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु उपयुक्त हुनेछ।

मीन शुभग्रहको प्रभावले दिन राम्रो रहनेछ। शिक्षामा जोस-जाँगर बढ्नेछ भने पुरानो लगानीबाट फाइदा मिल्नेछ। परिवारको राम्रो साथ रहनेछ। यद्यपि, महत्त्वपूर्ण ठाउँमा बोल्दा विचार पुर्‍याउनुहोला। बिहान दानपुण्य गरेर दिनको सुरुवात गर्दा थप लाभ मिल्नेछ।