सेनापतिसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने

सेनापतिसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग साथै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने बताइएको छ ।