नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिक’को कमाई निरन्तर घटिरहेको छ । पहिलो दिन फिल्मले भारतमा १०१ करोड १० लाख भारु कमाएको थियो । तर त्यसयता फिल्मको कमाई निरन्तर ओरालो लागिरहेको छ ।
दोस्रो दिन ३७ करोड६५ लाख भारु कमाएको फिल्मले तेस्रो र चौथो दिन २७ करोड २० लाख भारु र २४ करोड ५० लाख भारु कमायो । चौथो दिनमा ‘टक्सिक’ को कमाई पहिलो दिनको तुलनामा लगभग ७५.८ प्रतिशतले घटेको छ । चार दिनमा फिल्मको भारतको कुल कलेक्सन लगभग १९० करोड ४५ लाख भारु पुगेको छ ।
कमजोर कथालाई फिल्मको कमाई घट्नुको प्रमुख कारण बताइएको छ । झन्डै ३ घण्टा १४ मिनेट लामो यो फिल्मलाई केही दर्शकले भने निकै ‘स्लो’ भनेका छन् । दक्षिण भारतीय राज्यहरू (जस्तै आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडु र केरला)मा फिल्मको व्यापारमा उल्लेखनीय गिरावट आएको छ । हिन्दीमा, फिल्मले पहिलो दिन ५५ करोड कमाएको थियो । दोस्रो दिन यो रकम ₹२४ करोड २५ लाख करोडमा झर्यो । तेस्रो दिन, कलेक्सन १९ करोड ७५ लाख थियो र चौथो दिनमा कमाई १५ करोड ५० लाख भारुमा सीमित भयो ।
कन्नडमा, फिल्मले पहिलो दिन २३ करोड ३० लाख भारु कमाएको थियो । दोस्रो दिन, कलेक्सन अझ घटेर ८ करोड ५० लाखमा आयो । तेस्रो र चौथो दिन कमाई ५ करोड र ६ करोड ६० लाख भारु रहेको छ । तेलुगुमा पनि हालत खासै फरक छैन । पहिलो दिन १६ करोड रहेको बक्स अफिस कलेक्सन चौथो लिन ७५ लाख भारुमा समेटिएका छ । मलयालममा पनि हालत यो भन्दा खराब छ ।
यसैबिच, टक्सिक कमाई घटिरहेकै बेलामा फिल्म समीक्षक केआरकेले कुनै पनि ओटीटी प्लेटफर्मले फिल्मको अधिकारको लागि २५ करोड भन्दा बढी तिर्न तयार नहुने भनेका छन् । उनका अनुसार फिल्मबाट लगभग १५० करोड भारु मात्रै कुल रिकभरी हुनेछ अनि निर्माताहरूलाई ५०० करोडभन्दा बढी घाटा हुनेछ ।