रसुवा बाढी : मृतकको संख्या ६६९ पुग्यो, २ हजार ३६२ बेपत्ता

रसुवा बाढी : मृतकको संख्या ६६९ पुग्यो, २ हजार ३६२ बेपत्ता

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले मृत्यु हुने ६ सय ६९ जना पुगेको जानकारी दिएका छन्।

त्यसमध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन्।यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन्। फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ।

बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ। यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन्।

छुटाउनुभयो कि ?