बोरुसिया डार्टमन्डमाथि बार्सिलोनाको सान्दार जित

एजेन्सी : गए राति भएको च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले बोरुसिया डार्टमन्डलाई ३-१ को गोल अन्तरले हरायको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको सुरुवात देखिनै बार्सिलोनाले आफनो दबदबा बनायको थियो । यो जित संगै बार्सिलोना अन्तिम १६ को यात्रा पक्का बनायो ।

बार्सिलोनाका लागि ७०० खेल खेलेका मेस्सीले आफ्नो टिमको जितमा महत्वपूर्ण योगदान दिए । बार्सिलोनाले जितमा लुइस स्वारेजले २९ मिनेटमा, लियोनल मेस्सी ३३ मिनेतमा र एन्ट्वान ग्रिजम्यान ६७ मिनेटमा एक–एक गोल गरे । जितसँगै बार्सिलोनाले एघार अंक बनाएको छ । समूहमा इटालियन क्लब इन्टर मिलान र बोरुसिया डोर्टमण्ड सात–सात अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ ।

क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि स्वारेजको पासमा मेस्सीले लेफ्ट फुटेड सट गोलमा परिणत गरे । बार्सिलोनाका लागि क्लबको ६१३ औँ गोल थियो । योसँगै उनले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ११४ पुर्याए । त्यस पछि एन्ट्वान ग्रिजम्यान ६७ मिनेटमा गोल गरे । बोरुसिया डार्टमन्डको लागि रोनतो सानचोले ७७ मिनेटमा गोल गरेको थिए ।